जनहितकारी साकोस सुर्खेत को २६ औँ वार्षिक साधारण सभा सम्पन्न ।
साझाँ गर्नुहोस्:
Facebook
Twitter
LinkedIn
१९ असोज २०८१, सुर्खेत ।
जनहितकारी वचत तथा ऋण सहकारी संस्था सुर्खेतको दोश्रो कल्ष्टर अन्र्तगतको २६ औं वार्षिक साधारणसभा वीरेन्द्रनगर ४ कालागाउं सुर्खेतमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री नवराज कंडेलको सभाध्यक्षता रहेको उक्त सभामा कर्णाली प्रदेश सभाका माननिय मुख्यमन्त्री श्री यामलाल कंडेलको प्रमुख आतिथ्यता र कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सुर्यनाथ योगी, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, राष्ट्रिय सहकारी महासंघका केन्द्रिय सदस्य हरिहरनाथ योगी, वीरेन्द्रनगर नगरपालिका वडा नं.४ का वडाध्यक्ष शेर व. केसी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त २६ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै माननिय मुख्यमन्त्री यामलाल कंडेलले जनताको सहभागिताबाट विश्वासका आधारमा खोलिएका सहकारीहरुले देशको अर्थतन्त्रमा समेत सहयोग पुर्याएकोे बताउँदै जनहितकारी सहकारी संस्थाको आर्थिक कारोबार अभिलेखबाट मात्र नभई विश्वासबाट समेत चलिरहेको बताउनु भयो ।
त्यसैगरी कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले सहकारीलाई देशको अर्थतन्त्रको वलियो खम्वाका रुपमा राज्यले सम्वोधन गरिरहेको र दोश्रोे पञ्चवर्षीय योजनामा समेत सहकारीलाई समावेश गरिएको वताउनु भयो ।
राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य हरिहरनाथ योगीले सहकारीका सदस्यहरुले सहकारीका बारेमा चासो र चिन्ता व्यक्त गरेमा सहकारी कहिल्यै पनि गलत बाटोमा नजाने बताउनुभयो । उहाँले सहकारी स्वनियममा चल्ने भएकाले यसलाई नियमन गर्ने महत्वपुर्ण निकाय साधारणसभा र यसका सदस्यहरुनै भएको कुरामा जोड दिनुभयो ।
यसैगरी जनहितकारी साकोसका अध्यक्ष नवराज कंडेलले आव २०८०/८१ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८१/८२ का लागि प्रस्तावित कार्यक्रमका बारेमा जानरकारी दिँदै सहकारीले प्रविधिमैत्री सेवा विस्तारका साथै सदस्य सेवा, सहयोग र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।
जनहितकारी साकोसका कोषाध्यक्ष सञ्जय योगीले आव २०८०/८१ को वित्तीय विवरण तथा आव २०८१/८२ को प्रस्तावित वार्षिक बजेट सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
जनहितकारी वचत तथा ऋण सहकारीले शेयर सदस्यहरुको सुविधालाई मध्यनजर गरेर वीरेन्द्रनगर नगरपालिका भित्रका विभिन्न वडाहरुलाई दुई एकाईमा विभाजन गरेर बिहीबार पिपिरामा र शनिबार सहकारीको केन्द्रीय कार्यालयको प्राङ्गणमा गरी दुई दिन साधारणसभा सम्पन्न गरेको हो ।