अन्तराष्ट्रिय सहकारी सिद्धान्तहरु
१. स्वैच्छिक तथाखुल्ला सदस्यता ः
सहकारी संस्थाहरु स्वैच्छिक संगठन हुन । यी संस्थाहरुबाट प्राप्तहुने सेवा उपयोग गर्न सक्ने र सदस्यताको जिम्मेवारी
वहन गर्न चाहने सवै व्यत्तिहरुको लागि सदस्यता खुल्ला रहन्छ । यी संस्थाहरुमा प्रवाह गर्ने सेवा उपयोग गर्न सक्ने र
सदस्यताको जिम्मेवारी वहन गर्न सक्ने सवै व्यक्तिहरुको लागि सदस्यता खुल्ला रहन्छ । यी संस्थाहरुमा लिंग, सामाजिक,
जातीय, राजनैतिक वा धार्मिक भेदभाव रहदैन ।
२. सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण ः
सहकारी संस्थाहरु आप्mना सदस्यहरुद्धा नियन्त्रित प्रजातान्त्रिक संगठन हो । यी संस्थाका सदस्यहरु आप्mनो संस्थाको
नीति तय गर्न र निर्णय गर्नमा सक्रिय रुपमा सहभागि बन्छन् । निर्वाचित प्रतिनिधिको रुपमा सेवा गर्न महिला तथा पुरुषहरु
आप्mना संस्थाका सदस्यहरु प्रति उत्तरदायी हुन्छन् । प्रारम्भिक संस्थाहरुमा एक व्यक्ति एक मतको आधारमा सदस्यहरुको
समान मताधिकार हुन्छ भने अन्यतहका सहकारी संस्थाहरु पनि प्रजातान्त्रिक आधारमा गठन गरिन्छ ।
३. सदस्यको आर्थिक सहभागिता ः
सहकारी संस्थाका सदस्यहरु आफ्नो संस्थाको पुजीमा न्यायिक रुपमा सहभागि हुन्छन् र यस पूँजी माथि नियन्त्रण
राख्छन् । कम्तिमा खासगरी यस पूँजीको केहि भाग सहकारी संस्थाका साझा सम्पत्ति हुन्छ । यस संस्थामा बचत (नाफा)
भएमा सदस्यहरुले आफ्नो सदस्यताको लागि चुक्ता गरेको शेयर पुजीमा सिमित बचत फिर्ता पाउछन् । यी सदस्यहरुले
निम्न केहि वा सवै उद्धेश्य प्राप्तिका लागि बचत रकम छुट्याउछन् ।
- आफ्नो सस्थाको विकास गर्न,
- कम्तिमा अभिभाज्यहुने गरी जगेडा कोष खडा गर्न,
- संस्थासंग आप्mनो कारोबारको अन’पातमा सदस्यहरुलाई लाभ पु¥याउन, र
- सदस्यहरुद्धारा स्वीकृत अन्यकायहरुमा सघाउन ।
४. स्वायत्तता र स्वतन्त्रता ः
सहकारी संस्थाहरु आप्mना सदस्यहरुद्धारा नियन्त्रित स्वायत्त तथा स्वावलम्बी संगठनहरु हुन । यी संस्थाहरुले वाह्य
स्रोतबाट पुजी संकलनगर्न सरोकार लगायत अन्य संगठनहरुसंग सम्भैmाता गर्दा यी संस्थाहरु आप्mना सदस्यहरुद्धारा
प्रजातान्त्रिक नियन्त्रण तथा आप्mना स्वायत्तता कायम राख्न सक्ने शर्तमा विश्वस्त हुनु पर्छ ।
५. शिक्षा, तालिम र सुचना ः
सहकारी संस्थाहरुले आप्mना विकासमा प्रभावकारी रुपमा योगदान दिन सकोस भनी आप्mना साधारण सदस्य,
निर्वाचित प्रतिनिधि, व्यवस्थापक र अन्य कर्मचारीहरुलाई शिक्षा तथा तालिम उपलब्ध गराउछन् । यी संस्थाहरुले सहकारीताको
प्रकृति तथा लाभबारे सामान्य जनता खास गरेर तरुण पुस्ता र बैचारिक अगुवाहरुलाई सुसूचित गर्छन् ।
६. सहकारी संस्थाहरुकाबीच सहयोग ः
सहकारी संस्थाहरुले अति प्रभावकारी रुपमा आप्mना सदस्यहरुलाई सेवा पु¥याई स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय
संरचनाहरुमा सहभागी भएर सहकारी आन्दोलनलाई सुदृढ गर्छन् ।
७. समुदायप्रति चासो ः
सहकारी संस्थाहरुले आफहरुद्धारा निर्धारित नीतिको आधारमा आप्mना समुदायहरुको दिगो विकासका लागि कार्य
गर्छन् ।