जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.

नवराज कंडेल/अध्यक्ष
सहकारी संस्थाहरु आर्थिक, सामाजिक रुपान्तरण र शशक्तिकरणका आधारशिला हुन् साथै सहकारीता बहुआयामिक विषय भएकाले यसका माध्ययमबाट मानव जीवनका अनेकौं सम्भावनाहरुलार्ई यथार्तमा परिणत गर्न सकिने कुरामा दुईमत छैन् । स्थानिय स्तरमा खेर गैरहेको श्रम पूंजी र कच्चापदार्थको सदुपयोग गरी उत्पादन प्रशोधन भण्डारण र बजारीकरणमा विस्तार गर्दै रोजगारी श्रृजनामा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण सहेको छ । तर सहकारी आदर्श मूल्य मान्यता र सिद्धान्तको मार्गदर्शनमा सञ्चालित एवं शुशासित सहकारी संघ संस्थाहरुबाट मात्रै यस किसिमको अपेक्षा पुरा गर्न सकिने अवस्थालाई नजरअन्दाज गर्न सकिदैन । कुनै पनि सहकारी संस्थाको आधारस्तम्भ संस्थाका सदस्यहरु नै हुने भएकाले सहकारी संस्थाको गतिविधिहरु पनि सदस्य केन्द्रित नै हुनुपर्दछ । त्यसैले यस जनहितकारी साकोसले पनि आफ्ना सदस्य र सदस्य रहेको समुदायलाई केन्द्रमा राखी संस्थाका निति, कार्यक्रम र योजनाहरु बनाउने गरिरहेको छ । जसका कारण नै प्रत्येक पछिल्ला बर्षहरुमा अपेक्षीत परिणाम प्राप्त भैरहेका छन् । संस्था र सदस्यहरु विचको गहिरो अन्तरसम्वन्ध विश्वास र प्रतिबद्धताका कारण संस्था आजको यो अवस्थासम्म आई पुगेको छ ।

कृष्ण रावल/प्रमुख कार्यकारी अधिकृत
हाम्रो संस्था एक सुदृढ, विश्वसनीय तथा प्रतिष्ठित वित्तीय सहकारी संस्थाको रूपमा स्थापित भइसकेको तथ्य यहाँहरू समक्ष सर्वविदित नै छ। सदस्यहरूको निरन्तर विश्वास, पारदर्शी कार्यशैली, वित्तीय अनुशासन र गुणस्तरीय सेवा प्रवाहका कारण संस्थाले आफ्नो अलग पहिचान निर्माण गर्न सफल भएको छ। यस उपलब्धिलाई अझ सुदृढ गर्दै संस्थालाई आधुनिक, प्रविधिमैत्री र दिगो वित्तीय संस्थाका रूपमा रूपान्तरण गर्ने हाम्रो निरन्तर प्रयास रहेको छ। वर्तमान प्रतिस्पर्धात्मक वित्तीय परिप्रेक्ष्यलाई मध्यनजर गर्दै संस्थागत सुदृढीकरण, जोखिम व्यवस्थापनको प्रभावकारी कार्यान्वयन, आन्तरिक नियन्त्रण प्रणालीको मजबुतीकरण तथा सेवा प्रवाहमा नवीनता ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। डिजिटल बैंकिङ सेवा विस्तार तथा प्रविधिको अधिकतम उपयोगमार्फत सदस्यहरूलाई छिटो–छरितो, सुरक्षित र सहज सेवा प्रदान गर्ने दिशामा हामी अग्रसर छौं। सदस्यहरूको बचत सुरक्षा, गुणस्तरीय कर्जा लगानी तथा वित्तीय अनुशासनलाई केन्द्रमा राख्दै उत्पादनशील, आयमूलक, रोजगारी सिर्जना गर्ने, व्यवसायिक तथा उद्यमशीलता प्रवर्द्धन गर्ने क्षेत्रमा लगानी विस्तार गर्ने नीति अवलम्बन गरिएको छ।
बचत
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्यहरूको बढ्दो माग पूरा गर्न विभिन्न निक्षेप विकल्पहरू प्रदान गर्दछ। हामी प्रत्येक निक्षेप उत्पादनमा प्रतिस्पर्धात्मक ब्याज दर प्रदान गर्छौं र समुदायका सदस्यहरूको सहभागितालाई प्रोत्साहित गर्न निम्न योजना सञ्चालन गर्छौं।

नियमित मासिक वचत
- वार्षिक ७ प्रतिशत व्याज
- पहिलो पटक ५ वर्ष पछि फिर्ता हुने त्यस पछि हरेक ३ वर्षमा फिर्ता लिन सकिने
- नियमित रुपमा एउटै रकममा वचत गर्न पर्ने

वाल वचत
- वार्षिक ७ प्रतिशत व्याज
- बच्चा जन्मिएको दिन देखी १४ वर्ष उमेर सम्मकोले खाता खोल्न पाउने
- बच्चा १६ वर्ष पुगेपछि भुत्तानी पाउने
- बाल सदस्यको हरेक वर्ष जन्मउत्सव मनाइने

मुद्धती वचत
- वार्षिक ५ देखी ७ प्रतिशत व्याज
- न्युनतम १ देखी ३ वर्ष सम्म बचत गर्न पाइने
- हरेक ६,६ महिनामा व्याज भुत्तानी लिन सक्ने

स्वैच्छिक बचत
- वार्षिक ३ प्रतिशत व्याज हुने
- जुनसुकै बेला बचत गर्न, झिक्न पाइने
- सदस्य बनेपछि खाता खोल्न थप पैशा नलाग्ने
- एक दिनमा खातामा रकम राख्दा पनि व्याज प्राप्त हुने
Remittance




EMI Calculator
मार्फत आफ्नो मासिक किस्ता पत्ता लगाउनुहोस्
व्यापार व्यवसाय कर्जा
वार्षिक १३ देखी १४ प्रतिशत व्याज
कृषी तथा पशुपालन कर्जा
वार्षिक १३ देखी १४ प्रतिशत व्याज
वैदेशिक रोजगार कर्जा
वार्षिक १५ प्रतिशत व्याज
कृषी तथा पशुपालन कर्जा
वार्षिक १३ देखी १४ प्रतिशत व्याज
घरेलु उद्योग कर्जा
वार्षिक १३ देखी १४ प्रतिशत व्याज
सबै कर्जाहरू
शैक्षिक कर्जा, आवास व्यवस्थापन कर्जा लगायत कर्जाहरू
