“समुदायको आर्थिक सामाजिक तथा साँस्कृतिक विकासका लागि सहकारी, हामी सबैको भरोसायोग्य बन्दैछ, जनहितकारी ।”
संस्थाको पृष्ठभूमि
भेरी अंचल सुर्खेत जिल्लाको पश्चिम तथा अछाम जिल्लाको पुर्वी सिमामा अवस्थित सल्यान दक्षिण वर्दिया उत्तरमा दैलेख जिल्ला भित्रका स्थानिय बासिन्दाहरुले आर्जन गरेको आयबाट थोरै भए पनि नियमित रुपले जम्मा गर्ने बानीको विकास तथा समुदायवीच स्वावलम्बन पारस्परिक सहयोग तथा २०४६ सालमा प्रजातन्त्रको पुनर्वाहली पश्चात देशमा आएको आर्थिक उदारिकरणको फलस्वरुप सहकारीको माध्यामबाट समाजमा आर्थिक सामाजिक तथा शैक्षिक परिवर्तनको उद्देश्यमा मुलुकभरी सहकारी संस्था खोल्ने क्रममा शरद ऋतुको आगमन संगै यहाँका युवाहरु, बुद्धिजिवी,व्यापारीहरुको सकृयतामा २०५५ पौष १८ गते २६ जनाको भेलाद्धारा जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड को नामाकरण गरि आवश्यक प्रकृया पुरा गरी सहकारी ऐन २०४८ तथा सहकारी नियमावली २०४९ को परिधि भित्र रहि भविष्यमा यसमा आवद्घ भएका सबै सदस्यहरुको एउटा छुट्टै पहिचान बनाउन सक्ने गरी संस्था जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. को २०५६ जेष्ठ ६ गते दर्ता नं. ६१/१७/(०५५/०५६) मा जिल्ला सहकारी कार्यालय हाल डिभिजन सहकारी कार्यालय बाँकेमा दर्ता भयो । सुर्खेत जिल्लाको उत्तर पश्चिम भागमा अवस्थित वीरेन्द्रनगर नगरपालीका, लाटिकोईली र उत्तरगंगा गा.वि.स का सबै वडाहरु कार्यक्षेत्र कायम गरी तथा वीरेन्द्रनगर नगरपालीका वडा नं. ३ (हाल वडा नं ४) कालागाँउ, सुर्खेत स्थित संस्थाको कार्यालयमा संस्था स्थापनाको पहिलो बर्ष २६ जना सदस्य, १ जना कर्मचारी र १ कोठामा संचालन सहकारी हाल यस संस्थामा १०९०० जना शेयर सदस्य, ३४ जना कर्मचारी सहित सोहि स्थानमा आप्नै नाममा ८.५ कठ्ठा जग्गामा ३ तलाको पक्की भवन र थप ४ स्थानमा घर भाडामा लिई ४ वटा सेवा केन्द्रहरुबाट ब्यवस्थित कार्यालयमा सदस्य सेवा संचालन भइरहेको छ ।
यस सहकारीको प्रमूख उद्देश्य भनेको नै निम्न आय भएका सदस्यहरुलाई बचत गर्ने वानी बसाल्नू हो भएको बचत विभिन्न उधोग धन्दा, आयमूलक, व्यापार,व्यबसाय तथा अन्य कार्यमा ऋण मार्फत परीचालन गर्नु यसको उद्देश्य अन्तर्गत पर्दछ । तसर्थ यस संस्थाको उद्देश्य मुलमर्म भन्नुनै वचत संकलन गरी ऋण लगानी गर्नु हो । जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.ले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा निम्न आय भएका सदस्यहरुलाई बचत गर्न सिकाउदछ जसले गर्दा अहिले गरेको थोरै बचतले भविष्यमा ठूलो राहत मिल्न जान्छ । वि.स. २०५५ सालमा २६ जना सदस्यबाट स्थापना भएको यस जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले कम पूँजी भएका, निम्न आय भएका, श्रमिक, किसान, कालिगड, साना व्यापारी, उद्यमी र सर्वसाधारण आदी बाट बचत संकलन गर्ने तथा संकलित रकमलाई सीपमूलक उत्पादनशिल, आय आर्जन साथै अन्य कार्यमा परिचालन गरि सदस्यको आर्थिक जीवनस्तर माथि उठाउने काम गरेको छ ।
सामाजिक,सामूदायिक क्रियाकलापका साथ साथै यस संस्थाले कर्मचारी शेयर सदस्य तथा समूदायमा विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ । साथै सदस्यलाई आवश्यकता अनुसारका तालिमहरु, संचालक समितिकादाधिकारीहरु तथा लेखा तथा सुपरिवेक्षण समितिका सदस्यहरुलाई पनि बिभिन्न तालिमहरु उपलब्ध गराएको छ ।
२६ जना बाट रु २६,०००।–(रु.छविस हजार) मात्र शेयर पुँजी जम्मा गरी सुरु भएको यस संस्थाले बिभिन्न सामाजिक, सामुदायीक कार्यहरु गर्दै बचत तथा ऋणको कारोवार गरीरहेको यस साकोसले क्रमबद्ध रुपमा प्रगति गर्दै समाजमा आफ्नो ख्याति तथा पहिचान बनाउदै आएको छ । संस्थाले सदस्यहरुको आवश्यकतालाई ध्यानमा राखि नियमित, दैनिक, ऐच्छिक, वाल, गृहणी, मुद्धती, चार्ड पर्व लगायतका विभिन्न प्रकारका बचतहरु संचालनमा ल्याएको छ । यस संस्थाले विभिन्न उत्कृष्ठ पुरस्कारहरु पनि हासिल गर्न सफल भएको छ बिभिन्न छाता संगठनहरु साथै अन्य बिभिन्न साझेदारी संग संस्थाहरु जस्तै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी लि. काठमाण्डौ, राष्ट्रिय सहकारी बैंक लि. काठमाण्डौ, जिल्ला बचत तथा ऋण सहकारी संघ लि., जिल्ला सहकारी संघ मा संलग्न भएकोछ । संस्थाको संस्थागत बिकासको लागि २०६३ साल देखि नेफ्स्कूनद्धारा संचालीत विभिन्न कार्यक्रमा संलग्नभई खास गरी पल्र्स, नीति र योजना अनुसार संस्था संचालन गरीएको छ । जुन कार्यक्रमले पल्र्सका वित्तीय लक्ष्य अनुसार संस्थालाई हिडाउने, बिभिन्न नीति अनुसार संस्थालाई परीचालन गर्ने र योजना अनुसार संस्था संचालन गरीयो यस परिणामको फल स्वरुप संस्थाले २०७४ साल देखि प्रथम रणनीति योजना तयार गरीरणनीति योजना पुरा गरेको छ । हामी पहिलो रणनीतिक योजना तर्जुमा गरी कार्यन्वयनको दिसामा अगाडी बढेका छौं । नेफ्स्कूनको प्रत्यक्ष निगरानीमा हामी २०७२ भदौ देखि प्रोबेसन व्राण्डीङ कार्यक्रमा संलग्न छौं । साथै प्रोबेसन ब्राण्डमा समेत सहभागी भई फाइनल अडिट गराई ब्राण्डको लागि संस्था प्रयासरत रहेको छ । प्रोबेसन व्राण्डीङमा सफलता हुने कुरामा हामी बिस्वस्त छौं यस साकोसले सदस्यहरुको आवश्यकता अनुसार बिभिन्न प्रकारका तालिमहरु पनि उपलब्ध गराएको छ । जसले संस्थाको सदस्यहरुमा सकरात्मक प्रभाव पार्न सफल भएको छ । साथै संस्थाको आउदा दिनहरुमा यो गतिलाई अझ बढाउने छौं ।
क) बजारको अवस्था
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.को सुर्खेत जिल्लामा अवस्थित छ । कार्यक्षेत्रको हिसावले हेर्दा सुर्खेत जिल्लाको भौगोलिक विविधता भित्र पहाड, तराई र भित्रि मधेस समेटिएको छ । यसै अनुसार यस संस्थाको पनि विनियममा उल्लेख भएको कार्यक्षेत्र अनुसार तराई र आंशिक पहाडी गरि वीरेन्द्रनगर नगरपालिकाका १ देखि १६ वडाहरु यसको कार्यक्षेत्रमा पर्दछन् । भौतिक पुर्वाधार विकास र पहुँचको हिसावले हेर्दा जुम्ला राजमार्ग पश्चिमि सिमानामा अवस्थित छ । टेलिफोन, विद्युत सुविधा प्राय सबै ठाउमा पुगेको छ । यस क्षेत्रको मुख्य व्यवसाय भित्र कृषि तथा पशुपालन गर्दछ भने केही सदस्यहरुले पसल व्यापार, व्यसायीक तरकारी खेति, कुखुरा पालन, पशु पालन गरेका छन् भने केही ठुला राष्ट्रिय स्तरका औद्योगीक प्रतिष्ठानहरु समेत यस क्षेत्रमा रहेका छन् ।
सामाजिक संघ संस्थाको हिसावले हेर्दा उर्भर भुमिको रुपमा परिचित छ । प्रसस्त मात्रामा सहकारी संघ/संस्था, धार्मिक संघ/संस्था र विभिन्न प्रकारका समुहहरु रहेका छन् । व्यवसायीक प्रवद्र्धनका दृष्टिले यस क्षेत्रलाई हेर्दा उपयुक्त भौतिक सुविधा, दक्ष जनशक्ति र बजारको उपलब्धता रहेको देखिन्छ । सदस्यहरुको मुख्य मुख्य पेशा हेर्दा कृषि, पशुपालन, व्यापार, जागिर र उद्योग पर्दछन् । हिन्दुधर्मालम्बी सदस्यहरु सबै भन्दा धेरै छन् त्यस पछि थोरै मात्रामा अन्य धर्मालम्बी पर्दछन् । मिश्रित जातीय संरचना रहेको क्षेत्र भएकोले हाम्रा सदस्यले मनाउने मुख्य चाडपर्वमा दशैं, तिहार, तिज, जनै पूर्णिमा, चैतेदशै, माघे संक्रान्ती, लोसार फागुपुर्णिमा, बालाचतुदर्शी पर्दछन् । सामान्य साक्षर सदस्य धेरै छन् भने उच्च शिक्षा र व्यवसायिक शिक्षा हासिल गरेका पनि सदस्यहरु उल्लेख्य छन् । यसरी हेर्दा जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना कार्यक्रम बिस्तार गरेर अगाडी बढ्न उपयुक्त कार्यक्षेत्र देखिन्छ ।