365 Banking
यस जनहितकारी बचत तथा ऋण सहकारीले ३६५ दिननै सेवा उपलब्ध गराउँदै आईरहेको छ । मुख्य सार्वजनिक विदा र शनिवारकाे दिन विहानी सेवा र अन्य सबै दिन यस संस्थाको मुख्य कार्यालय र सदस्य सेवा केन्द्रहरु खुल्ला रहनेछन ।
Mobile Banking
मोबाइल बैंकिङ आधुनिक प्रविधिमा आधारित एक डिजिटल बैंकिङ सेवा हो, जसको माध्यमबाट ग्राहकले आफ्नो मोबाइल फोन प्रयोग गरी विभिन्न बैंकिङ कारोबार गर्न सकिन्छ । इन्टरनेट तथा मोबाइल एपको सहायताले जुनसुकै समय र स्थानबाट बैंकिङ सेवा उपयोग गर्न सकिन्छ । मोबाइल बैंकिङमार्फत खाताको मौज्दात हेर्न, रकम स्थानान्तरण गर्न, मोबाइल रिचार्ज गर्न, विद्युत् तथा खानेपानीको बिल तिर्न, क्यूआर कोडमार्फत भुक्तानी गर्न लगायतका विभिन्न सेवाहरू सहज रूपमा गर्न सकिन्छ। यस सेवाले समय, श्रम र खर्च बचत गर्नुका साथै बैंकिङ प्रक्रियालाई छिटो, सुरक्षित र प्रभावकारी बनाउछ ।
Mobile SMS
एसएमएस बैंकिङ आधुनिक बैंकिङ सेवामध्ये एक महत्वपूर्ण सेवा हो। यस सेवामार्फत सदस्यले आफ्नो मोबाइल फोनमा एसएमएस (Short Message Service) द्वारा सहकारी खातासम्बन्धी विभिन्न जानकारी प्राप्त गर्न सक्नुहुन्छ। इन्टरनेट नभएको अवस्थामा पनि साधारण मोबाइलबाट यो सेवा प्रयोग गर्न सकिन्छ। एसएमएस बैंकिङ प्रयोग गरी सदस्यले खाताको मौज्दात (Balance), रकम जम्मा वा झिकिएको सूचना, किस्ता भुक्तानी, तथा अन्य गतिविधिको जानकारी तुरुन्त प्राप्त गर्न सक्नुहुन्छ। यसले समय बचत गर्नुका साथै बैंकिङ सेवालाई सुरक्षित, छिटो र सहज बनाउँछ।
रेमिट्यान्स
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. मार्फत विभिन्न अनलाइन मनी ट्रान्सफर सेवाहरू प्रदान गरिन्छ। हाम्रो सेवा सबैभन्दा परिचित, सुरक्षित, र भरपर्दो अनलाइन सेवा हो। तपाईंले संसारभरका अन्य व्यक्तिहरूसँग पैसा पठाउन वा प्राप्त गर्न सक्नुहुन्छ, जुन मिनटमै सम्भव हुन्छ। तपाईंले आफ्नो ट्रान्सफरका लागि बजारमा सबैभन्दा कम शुल्क तिर्नुहुनेछ। प्राप्तकर्तालाई रकम प्राप्त गर्न बैंक खाता आवश्यक पर्दैन।
कर्जा
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरूलाई विभिन्न प्रकारका कर्जा सेवाहरू प्रदान गर्दै आएको छ, जसमध्ये कृषी तथा पशुपालन, व्यापार व्यवसाय, वैदेशिक रोजगार, सेवा व्यवसाय, घरेलु उद्योग, शैक्षिक, आवास व्यवस्थापन, सामाजिक, घरायसी समान खरिद, हायर पर्चेज, आकस्मिक कर्जा, र वचत जमानी कर्जा समावेश छन्। हरेक कर्जामा वार्षिक ९ % देखि १३ % सम्मको व्याजदर लागू हुन्छ र नियमित किस्ता तथा व्याज तिर्दा ५% छुट प्राप्त गर्न सकिन्छ। कर्जाको अवधि व्यवसायको प्रकार र कर्जाको आकार अनुसार ३ देखि १० वर्षसम्म हुन्छ।
बचत
जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.ले विभिन्न प्रकारका बचत योजनाहरू प्रदान गर्दछ, जसमध्ये नियमित बचतमा वार्षिक ७% व्याज, वाल बचतमा ७% १६ वर्षपछि भुक्तानी, मुद्धती बचतमा ५-७% व्याज, स्वैच्छिक बचतमा ३% व्याज, र गृहिणी बचतमा ८% व्याजको व्यवस्था गरिएको छ। चाडपर्व, भविष्य जीवन, स्वास्थ्य र अक्षय कोष बचत योजनाहरू पनि उपलब्ध छन्, जसले सदस्यहरूलाई विभिन्न सुविधा र लाभ प्रदान गर्दछ।