ऋण चुक्ता गर्न आउने बारे १५ दिने अत्यन्त जरूरी सुचना
प्रथमपटक प्रकाशित मिति :२०८१/०२/०६
यस संस्थाबाट विभिन्न मिति, सयम र शिर्षकमा तोकिए बमोजिमको प्रयोजनका लागि केहि ऋणी सदस्यहरुले ऋण लिई उपभोग गरेको ऋणको साँवा, ब्याज र हर्जना रकम तिर्न बुझाउन पर्नेमा हालसम्म नबुझाई ऋण सम्बन्धि शर्त तथा बन्देजहरू उल्लंघन गरेकोले सो सम्बन्धमा मौखिक तथा लिखित पत्रद्धारा सूचना गर्दा समेत धितोकर्ता एवं सदस्यले तिर्न बुझाउनु पर्ने ऋणको साँवा, ब्याज र हर्जना तथा अन्य दैदस्तुरको रकम समेत चुक्ता भुक्तानी नगरी आलटाल गरी बाँकी राखि ऋण चुक्ता गर्ने तर्फ तत्परता नदेखाएको हुनाले ऋण चुक्ता गर्न आउने बारे यो १५ दिने सार्बजनिक सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थालाई बुझाउनु पर्ने ऋणको साँवा, ब्याज तथा लागेको दैदस्तुर समेत बुझाउन हुन सम्बन्धित ऋणि सदस्य र धन जमानी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई सूचीत गरिन्छ । सो म्याद भित्र बक्यौता भएको सम्पूर्ण ऋण रकम चुक्ता भुक्तान नगरेमा ऋण लिदाँ यस संस्थालाई लेखाईदिएको धितो लिलाम बिक्री गरी यस संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरी लिने समेत यसै सूचनाद्धारा जानकारी गराईन्छ। साथै सूरक्षणमा रहेको सम्पूर्ण धितो लिलाम बिक्रीबाट पनि यस संस्थाको सम्पूर्ण लेना रकम असुल उपर नभएमा वा कथमकदाचित धितोबाट असुल उपर हुन नसकेमा वा असुल उपर नभएमा ऋणी सदस्य वा निजको एकाघर संगोल परिवारको नाममा रहेको चल अचल सम्पत्ति वा ऋण लिदाँ दृष्टिबन्धकी दिने व्यक्ती एवं जमानी दिनेका नाममा रहेका चल अचल सम्पत्ति तथा अन्य जायजेथा सम्पत्तिबाट सहकारी ऐन, नियमावली तथा प्रचलित कानून बमोजिम धितो बन्धक रहेको सम्पत्ति लिलाम समेत गरी असुल उपर गरी लिने तथा ऋणीलाई कालो सूचिमा समाबेश गरीने व्यहोरा समेत सम्बन्धित सबैलाई सूचित गराईन्छ ।
Do you have any video of that? I’d love to find out more details.!
No sir
Greetings! Very helpful advice in this particular post! It is the little changes that make the most important changes. Many thanks for sharing!