बचत

जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.ले विभिन्न प्रकारका बचत योजनाहरू प्रदान गर्दछ, जसमध्ये नियमित बचतमा वार्षिक ७% व्याज, वाल बचतमा १६ वर्षपछि भुक्तानी, मुद्धती बचतमा ६-१०% व्याज, स्वैच्छिक बचतमा ५% व्याज, र गृहिणी बचतमा ६% व्याजको व्यवस्था गरिएको छ। चाडपर्व, भविष्य जीवन, स्वास्थ्य र अक्षय कोष बचत योजनाहरू पनि उपलब्ध छन्, जसले सदस्यहरूलाई विभिन्न सुविधा र लाभ प्रदान गर्दछ।

नियमित मासिक वचत

  • वार्षिक ७ प्रतिशत व्याज
  • पहिलो पटक ५ वर्ष पछि फिर्ता हुने त्यस पछि हरेक ३ वर्षमा फिर्ता लिन सकिने
  • नियमित रुपमा एउटै रकममा वचत गर्न पर्ने

 

वाल वचत

  • वार्षिक ७ प्रतिशत व्याज
  • बच्चा जन्मिएको दिन देखी १४ वर्ष उमेर सम्मकोले खाता खोल्न पाउने
  • बच्चा १६ वर्ष पुगेपछि भुत्तानी पाउने
  • बाल सदस्यको हरेक वर्ष जन्मउत्सव मनाइने

मुद्धती वचत

  • वार्षिक ६ देखी १० प्रतिशत व्याज
  • न्युनतम ३ महिना देखी ३ वर्ष सम्म बचत गर्न पाइने
  • हरेक ३,३ महिनामा व्याज भुत्तानी लिन सक्ने

स्वैच्छिक बचत

  • वार्षिक ५ प्रतिशत व्याज हुने
  • जुनसुकै बेला बचत गर्न, झिक्न पाइने
  • सदस्य बनेपछि खाता खोल्न थप पैशा नलाग्ने
  • एक दिनमा खातामा रकम राख्दा पनि व्याज प्राप्त हुने

दैनिक वचत

  • वार्षिक ५ प्रतिशत दैनिक मौज्दातमा व्याज
  • न्युनतम रकम जम्मा गर्न सकिने
  • कम्तिमा ६ महिनाका लागी बचत गर्न सकिने
  • अवधि पुगेको दिन व्याज प्राप्त हुने
  • सदस्य बनेपछि थप अन्य शुल्क नलाग्ने
  • सदस्यको घरमै गयर पैसा उठाउने व्यवस्था भएको

गृहिणी वचतहरु

  • वार्षिक ६ प्रतिशत व्याज
  • न्युनतम १ वर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने
  • हरेक वर्ष व्याज भुत्तानी लिन सक्ने
  • सदस्य बनेपछि थप अन्य शुल्क नलाग्ने
  • हरेक वर्ष अधिकतम बचत कर्ता १० सदस्यलाई विभिन्न सिप मुलक तालीम प्रदान गरिने

चाडपर्व वचतहरु

  • वार्षिक ६ प्रतिशत सम्म व्याज दिन सकिने
  • न्युनतम १ वर्ष देखी ३ वर्ष सम्म बचत गर्न पाइने
  • हरेक वर्ष व्याज भुत्तानी लिन सक्ने
  • सदस्य बनेपछि थप अन्य शुल्क नलाग्ने
  • विषेश अवसरका लागी यो बचत खाता खोल्न सकिने

भावी जिवन वचतहरु

  • वार्षिक ६ प्रतिशत व्याज दिन सकिने
  • कम्तिमा १ वर्ष अवधि हुुने गरि बचत गर्न सकिने
  • उमेरले ६० वर्ष पुुरा भए पछि सावा व्याज फिर्ता हुने
  • सदस्य बनेपछि थप अन्य शुल्क नलाग्ने
  • बुढेसकालको सहाराका लागी यो वचत गरिने

स्वास्थ्य वचत

  • वार्षिक ६ प्रतिशत व्याज दिन सकिने
  • कम्तिमा १ वर्ष अवधि हुुने गरि बचत गर्न सकिने
  • सदस्य लाई आवश्यक वा विरामी पर्दा सावा व्याज फिर्ता हुनेछ ।
  • बचतको आधारमा ५० प्रतिशत रकम सहभागी सदस्य र ५० प्रतिशत रकम संस्थाबाट थप गरी १ लाखसम्मको दुर्घटना वीमा गराइने छ ।
  • यस वचत योजनामा आवद्ध बचतकर्ताले आवश्यक भएमा बचत धितो राखी कुल वचतको ८० प्रतिशतसम्म ऋण प्राप्त गर्न सक्नेछन् ।
  • यस योजनामा बचत गर्ने सदस्यहरुलाई वर्षमा एकपटक निशुल्क स्वास्थ्य जाँच गराइने छ ।

अक्षय कोष वचत

  • वार्षिक १० प्रतिशत व्याज दिने
  • सावा रकम कहिले फिर्ता नहुने
  • हरेका वर्ष व्याज सदस्यले तोकेको व्यक्ति वा संस्था लाई उपलव्ध गराउने
  • कसैको सम्झनामा संस्थाको नाममा रहने गरि कुनै सम्पत्ति जोड्दा संस्थाले ४० प्रतिशत लगानी गरिदिने