क) संस्थामा संलग्न सदस्यहरु र जनसमुदायबीच स्वावलम्बन, पारस्परीक सहयोग एवम् मितव्ययीताका अभिबृद्धि
गरी नियमित बचत गर्ने बानी प्रवद्र्धन गर्ने ।
ख) नियमित रुपमा सदस्यहरुवाट निक्षेप प्राप्त गर्नुका साथै उनिहरुले गरेको निक्षेपमा प्रतिस्प्रर्धात्मक रुपमा व्याज
दिने ।
ग) उत्पादनशील, आयमूलक, सीपमुलक उद्देश्यका लागि सदस्यहरुलाई उचित व्याजदरमा ऋण प्रदान गर्ने ।
घ) आत्मनिर्भरता तथा आत्मविश्वास सम्बन्धि धारणावारे सदस्यहरुलाई उत्प्रेरित गर्ने ।
ङ) सदस्यहरुलाई आय आर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्यक मद्दत र जानकारी उपलब्ध गराउने ।
च) सदस्यहरुको आर्थिक अबस्थामा सुधार गर्न सक्ने किसिमका अन्य क्रियाकलाप सञ्चालन गर्ने ।
छ) साधारण जनताका आर्थिक अबस्थाको बिकास र प्रवद्र्धनमा समर्पित राष्ट्रिय तथा अन्तराष्ट्रिय संगठनहरुको
दाजोमा पुग्ने उद्देश्य लिई गठित केन्द्रिय संघको सदस्यता ग्रहण गर्ने ।
ज) दातृ संस्थाहरुबाट कुनै शर्त नराखी प्राप्त हुने चन्दा तथा अनुदान स्वीकार गर्ने ।
झ) आफ्नो उद्देश्य पूरा गर्नका लागि समान उद्देश्य भएका स्थानिय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाहरुसंग
सहयोगात्मक भावना राख्ने ।
ञ) सदस्यहरुका समृद्धि र विकासको अधिकतम हितलाई ध्यानमा राखि सहकारी ऐन, नियमहरु र यस बिनियममा
व्यवस्था भए बमोजिम दैनिक कार्य सञ्चालनका साथै चल अचल सम्पत्ति आर्जन गर्ने, क्रय विक्रय गर्ने, विनिमय
गर्ने, हस्तान्तरण गर्ने, चन्दा दिने, धरौटी राख्ने, बन्धक राख्ने आदि कार्य गर्ने ।
ट) सदस्यहरुको संस्थागत विकासका लागि आय आर्जनका परीयोजना सञ्चालन गर्ने ।
ठ) समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समूहको आर्थिक सामाजिक उत्थानमा सहयोग पु¥याउने ।
ड) अन्य संघ संस्थाबाट ऋण दिने र लिने ।