अन्तराष्ट्रिय सहकारी सिद्धान्तहरु
स्वैच्छिक तथाखुल्ला सदस्यता: सहकारी संस्थाहरु स्वैच्छिक संगठन हुन । यी संस्थाहरुबाट प्राप्तहुने सेवा उपयोग गर्न सक्ने र सदस्यताको जिम्मेवारी वहन गर्न चाहने सवै व्यत्तिहरुको लागि सदस्यता खुल्ला रहन्छ । यी संस्थाहरुमा प्रवाह गर्ने सेवा उपयोग गर्न सक्ने र सदस्यताको जिम्मेवारी वहन गर्न सक्ने सवै व्यक्तिहरुको लागि सदस्यता खुल्ला रहन्छ । यी संस्थाहरुमा लिंग, सामाजिक, जातीय, राजनैतिक वा धार्मिक भेदभाव रहदैन ।
सदस्यहरुद्धारा प्रजातान्त्रिक नियन्त्रण : सहकारी संस्थाहरु आप्mना सदस्यहरुद्धा नियन्त्रित प्रजातान्त्रिक संगठन हो । यी संस्थाका सदस्यहरु आप्mनो संस्थाको नीति तय गर्न र निर्णय गर्नमा सक्रिय रुपमा सहभागि बन्छन् । निर्वाचित प्रतिनिधिको रुपमा सेवा गर्न महिला तथा पुरुषहरु आप्mना संस्थाका सदस्यहरु प्रति उत्तरदायी हुन्छन् । प्रारम्भिक संस्थाहरुमा एक व्यक्ति एक मतको आधारमा सदस्यहरुको समान मताधिकार हुन्छ भने अन्यतहका सहकारी संस्थाहरु पनि प्रजातान्त्रिक आधारमा गठन गरिन्छ ।
सदस्यको आर्थिक सहभागिता: सहकारी संस्थाका सदस्यहरु आफ्नो संस्थाको पुजीमा न्यायिक रुपमा सहभागि हुन्छन् र यस पूँजी माथि नियन्त्रणराख्छन् । कम्तिमा खासगरी यस पूँजीको केहि भाग सहकारी संस्थाका साझा सम्पत्ति हुन्छ । यस संस्थामा बचत (नाफा)भएमा सदस्यहरुले आफ्नो सदस्यताको लागि चुक्ता गरेको शेयर पुजीमा सिमित बचत फिर्ता पाउछन् । यी सदस्यहरुले
निम्न केहि वा सवै उद्धेश्य प्राप्तिका लागि बचत रकम छुट्याउछन् ।
आफ्नो सस्थाको विकास गर्न,
कम्तिमा अभिभाज्यहुने गरी जगेडा कोष खडा गर्न,
संस्थासंग आप्mनो कारोबारको अन’पातमा सदस्यहरुलाई लाभ पु¥याउन, र
सदस्यहरुद्धारा स्वीकृत अन्यकायहरुमा सघाउन ।
सहकारी संस्थाहरुकाबीच सहयोग : सहकारी संस्थाहरुले अति प्रभावकारी रुपमा आप्mना सदस्यहरुलाई सेवा पु¥याई स्थानीय, राष्ट्रिय, क्षेत्रीय र अन्तराष्ट्रिय संरचनाहरुमा सहभागी भएर सहकारी आन्दोलनलाई सुदृढ गर्छन् ।
समुदायप्रति चासो : सहकारी संस्थाहरुले आफहरुद्धारा निर्धारित नीतिको आधारमा आप्mना समुदायहरुको दिगो विकासका लागि कार्य गर्छन् ।