कृष्ण रावल/प्रमुख कार्यकारी अधिकृत

प्रमुख कार्यकारी अधिकृत (CEO) को सन्देश सम्माननीय शेयर सदस्यज्यूहरू, शुभेच्छुक महानुभावहरू तथा सम्पूर्ण सरोकारवालाहरू, जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. को तर्फबाट म यहाँहरू सबैलाई हार्दिक अभिवादन व्यक्त गर्दछु। हाम्रो संस्था एक सुदृढ, विश्वसनीय तथा प्रतिष्ठित वित्तीय सहकारी संस्थाको रूपमा स्थापित भइसकेको तथ्य यहाँहरू समक्ष सर्वविदित नै छ। सदस्यहरूको निरन्तर विश्वास, पारदर्शी कार्यशैली, वित्तीय अनुशासन र गुणस्तरीय सेवा प्रवाहका कारण संस्थाले आफ्नो अलग पहिचान निर्माण गर्न सफल भएको छ। यस उपलब्धिलाई अझ सुदृढ गर्दै संस्थालाई आधुनिक, प्रविधिमैत्री र दिगो वित्तीय संस्थाका रूपमा रूपान्तरण गर्ने हाम्रो निरन्तर प्रयास रहेको छ। वर्तमान प्रतिस्पर्धात्मक वित्तीय परिप्रेक्ष्यलाई मध्यनजर गर्दै संस्थागत सुदृढीकरण, जोखिम व्यवस्थापनको प्रभावकारी कार्यान्वयन, आन्तरिक नियन्त्रण प्रणालीको मजबुतीकरण तथा सेवा प्रवाहमा नवीनता ल्याउने कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ। डिजिटल बैंकिङ सेवा विस्तार तथा प्रविधिको अधिकतम उपयोगमार्फत सदस्यहरूलाई छिटो–छरितो, सुरक्षित र सहज सेवा प्रदान गर्ने दिशामा हामी अग्रसर छौं। सदस्यहरूको बचत सुरक्षा, गुणस्तरीय कर्जा लगानी तथा वित्तीय अनुशासनलाई केन्द्रमा राख्दै उत्पादनशील, आयमूलक, रोजगारी सिर्जना गर्ने, व्यवसायिक तथा उद्यमशीलता प्रवर्द्धन गर्ने क्षेत्रमा लगानी विस्तार गर्ने नीति अवलम्बन गरिएको छ। साथै, सदस्यहरूको आर्थिक अवस्था सुधार, आत्मरोजगार प्रवर्द्धन, सीप विकास तथा क्षमता अभिवृद्धि मार्फत दीगो जीविकोपार्जन सुनिश्चित गर्ने लक्ष्य पनि संस्थाले लिएको छ। यसका अतिरिक्त, निष्क्रिय कर्जा (NPL) व्यवस्थापन, प्रभावकारी कर्जा असुली प्रणाली तथा समग्र पोर्टफोलियो गुणस्तर सुधारलाई संस्थागत प्राथमिकता दिइएको छ। हामीले निर्माण गरेको ब्रान्ड इमेज केवल विगतको सफलता मात्र नभई भविष्यप्रतिको ठूलो जिम्मेवारी पनि हो। यसलाई अझ सुदृढ गर्दै सदस्य सन्तुष्टि, सेवा गुणस्तर, सुशासन तथा वित्तीय स्थायित्वलाई नयाँ उचाइमा पुर्‍याउने हाम्रो स्पष्ट लक्ष्य रहेको छ। संस्थाको दिगो विकास र सफलता सबै शेयर सदस्यज्यूहरू, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, उप–समितिहरू, कर्मचारी, तथा सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र सम्भव हुन्छ। तपाईंहरूको निरन्तर विश्वास, सहयोग र साथले नै संस्था अझ सशक्त, विश्वसनीय र उदाहरणीय सहकारीको रूपमा अघि बढ्नेछ भन्नेमा हामी दृढ विश्वास राख्दछौं। अन्त्यमा, जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. प्रति यहाँहरूले देखाउनुभएको अमूल्य विश्वास, सद्भाव र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। आगामी दिनहरूमा पनि सदस्यहरूको हितलाई केन्द्रमा राख्दै अझ प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री सेवा प्रदान गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौं। धन्यवाद । कृष्ण रावल प्रमुख कार्यकारी अधिकृत (CEO) जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. विरेन्द्रनगर–४, कालागाउँ, सुर्खेत