chairperson message

नवराज कंडेल/अध्यक्ष

सहकारी संस्थाहरु आर्थिक, सामाजिक रुपान्तरण र शशक्तिकरणका आधारशिला हुन् साथै सहकारीता बहुआयामिक विषय भएकाले यसका माध्ययमबाट मानव जीवनका अनेकौं सम्भावनाहरुलार्ई यथार्तमा परिणत गर्न सकिने कुरामा दुईमत छैन् । स्थानिय स्तरमा खेर गैरहेको श्रम पूंजी र कच्चापदार्थको सदुपयोग गरी उत्पादन प्रशोधन भण्डारण र बजारीकरणमा विस्तार गर्दै रोजगारी श्रृजनामा सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण सहेको छ । तर सहकारी आदर्श मूल्य मान्यता र सिद्धान्तको मार्गदर्शनमा सञ्चालित एवं शुशासित सहकारी संघ संस्थाहरुबाट मात्रै यस किसिमको अपेक्षा पुरा गर्न सकिने अवस्थालाई नजरअन्दाज गर्न सकिदैन । कुनै पनि सहकारी संस्थाको आधारस्तम्भ संस्थाका सदस्यहरु नै हुने भएकाले सहकारी संस्थाको गतिविधिहरु पनि सदस्य केन्द्रित नै हुनुपर्दछ । त्यसैले यस जनहितकारी साकोसले पनि आफ्ना सदस्य र सदस्य रहेको समुदायलाई केन्द्रमा राखी संस्थाका निति, कार्यक्रम र योजनाहरु बनाउने गरिरहेको छ । जसका कारण नै प्रत्येक पछिल्ला बर्षहरुमा अपेक्षीत परिणाम प्राप्त भैरहेका छन् । संस्था र सदस्यहरु विचको गहिरो अन्तरसम्वन्ध विश्वास र प्रतिबद्धताका कारण संस्था आजको यो अवस्थासम्म आई पुगेको छ । समयको गतिसंगसंगै प्राप्त भैरहेका उत्साहजनक वित्तिय र गैरवित्तिय सुचक एवं उपलब्धीहरुले हामि सबैलाई थप उत्साह र उत्प्रेरणा प्रदान गरिरहेका मात्र छैनन, संस्थाप्रति थप आशा,भरोसा र विश्वास जगाईरहेका छन । बजारको क्षेत्रमा अव्वल प्रमाणित हुनका लागि सदस्य र समुदायको आवश्यकता अनुसारको सेवा, सेवाको सरलिकरण, विस्तारिकरण र विशिष्टीकरण गरी समयसापेक्ष बनाउन जरुरी हुन्छ । त्यसकारण यस संस्थाले सदस्य र सममुदायकोे आवश्यकता र चाहानाको सर्वेक्षण गरी सोही बमोजिम आवश्यक निति,विधी र सेवाहरुलाई परिष्कृत गर्दै अगाडि बढिरहेको छ । संस्थाबाट प्रदान गरीने सेवालाई छिटो छरितो र विश्वसनिय बनाउन वित्तिय क्षेत्रमा प्रयोग भैरहेका पछिल्ला नविनतम प्रविधिहरु मार्फत सेवा दिने प्रयत्न गरिएको छ । “जनहितकारी आज पनि र पुस्ता पुस्तालाई पनि’ भन्ने सोचका साथ संस्थाको दिगोपना र स्थायित्वको लागि समय सापेक्ष दिर्घकालिन योजना, नितिविधी र प्रविधिका साथै भौतिक तथा वित्तिय व्यवस्थापनको रुपरेखा तयार गरिएको छ । संस्थाको बचत र समग्र पुँजीलाई पूर्ण सुरक्षाका साथ उत्पादन प्रशोधन भण्डारण र बजारीकरणमा केन्द्रित गरी सदस्यहरुलाई व्यवसायी र रोजगार बनाउने प्रयत्न गरीएको छ । सदस्यका जिवनमा आईपर्ने शुख दुखका सबै क्षणमा संस्थालाई जोड्ने योजना कार्यक्रमहरु बनिरहेका छन् । यस संस्थालाई आफनो र आफनो सन्ततीको कुशल सारथी बनाउन सदस्यहरुको भौतिक,आर्थिक,नैतिक सहभागिता नै सवैभन्दा महत्वपुर्ण पक्ष हो । हामीलाई विश्वास छ यहांहरुको सम्पुर्ण कारोवार आफनै यस जनहितकारी साकोसमा केन्द्रित हुनेछ साथै संस्थाको समग्र वृद्धि विकासका लागि यहांहरुबाट निरन्तर साथ र सहयोग प्राप्त भैरहनेछ । अन्त्यमा, सदस्यहरुको सुसुचित हुने अधिकारको प्रत्याभुती गराउने उदेश्यका साथ तयार गरिएको यस जनहितकारी साकोसको वेयवसाईट www.janahitkari.org.np र फेसबुक पेज "जनहितकारी साकोस सुर्खेत" बाट संस्थाका दिनानुदिनका गतिविधीहरु तपाईहरु समक्ष सम्प्रेषित गर्ने प्रयत्न गरिएको छ । यसबाट आफनो संस्थाको बारेमा अधिकतम जानकारी लिने तपाईहरुको चाहना र आवश्यकता पुरा हुन सक्नेछ,साथै संस्थाका बारेमा जानकारी लिन चाहने शुभेच्छुक समेतलाई सहयोग पुग्ने अपेक्षा गरीएको छ । यस वेवसाईटलाई थप प्रभावकारी बनाउन यहाँहरुको अमुल्य सरसल्लाह र सुझाब प्राप्त हुने छ । यस संस्थालाई आजको यो उचाई सम्म ल्याई पुर्याउन तपाईहरुबाट भएको अमुल्य योगदानका लागि हार्दिक आभार व्यक्त गर्दछु । धन्यबाद ।