जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरूलाई विभिन्न प्रकारका कर्जा सेवाहरू प्रदान गर्दै आएको छ, जसमध्ये कृषी तथा पशुपालन, व्यापार व्यवसाय, वैदेशिक रोजगार, सेवा व्यवसाय, घरेलु उद्योग, शैक्षिक, आवास व्यवस्थापन, सामाजिक, घरायसी समान खरिद, हायर पर्चेज, आकस्मिक कर्जा, र वचत जमानी कर्जा समावेश छन्। हरेक कर्जामा वार्षिक १२% देखि १४% सम्मको व्याजदर लागू हुन्छ र नियमित किस्ता तथा व्याज तिर्दा ५% छुट प्राप्त गर्न सकिन्छ। कर्जाको अवधि व्यवसायको प्रकार र कर्जाको आकार अनुसार ३ देखि १० वर्षसम्म हुन्छ।