जनहितकारीको २६औं स्थापना दिवस तथा स्मारिका विमोचन कार्यक्रम सम्पन्न (2081)

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

सुर्खेत । जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि. वीरेन्द्रनगर ४, सुर्खेतले २६औं वार्षिक स्थापना दिवस को शुभअवसरमा तय गरेका विभिन्न सप्ताहव्यापी कार्यक्रमहरुका साथ २५ औं वर्ष सफलतापुर्वक  पूरा गरेको अवसरमा (रजतजयन्ती) स्मारिका ०८१ विमोचन गरी सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननिय सूर्यनाथ योगी ज्यूले सहकारी  स्मारिका ०८१ विमोचन गर्दै सहकारी राज्यको तीन खम्बे अर्थनीति मध्ये एउटा महत्वपूर्ण खम्बा भएकाले सोही अनुसार परिचालित हुन र कसैगरी पनि विचलित हुन नहुने कुरा वताउनुभयो ।

त्यसैगरी राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य श्री हरिहरनाथ योगी ज्यूले सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समस्याहरु समाधान गर्नका लागि हर प्रयास र सम्भावना भए सम्मका खोजीहरु गरिरहेको वताउनुका साथै सहकारी संस्थालाई आजको यस अवस्थासम्म ल्याउनका लागि आफूले देखेको सपना पूरा गर्नका लागि सम्पूर्णको साथ र सहयोग पाएको बताउनुभयो ।

संस्थाले स्थापना दिवस तथा रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रममा अन्र्तगत २०८१ पौष ११ गते कालिन्चोक सेवाकेन्द्रमा रक्तदान कार्यक्रम, २०८१ पौष ११ गते संस्थाको सभाहलमा लैगिंक हिंसा सचेतना कार्यक्रम, २०८१ पौष १२ गते वीरेन्द्रनगर ११ गाग्रेताल स्थित निशुल्क स्वास्थ्य शिविर, २०८१ पौष १३ गते आधारभुत विद्यालय स्तरिय हाजीरी जवाफ प्रतियोगिता, २०८१ पौष १४ गते लागु औषध सम्वन्धी सचेतना कार्यक्रम, २०८१ पौष १६ गते वीरेन्द्रनगर सुर्खेत स्थित सहकारीहका अध्यक्ष र व्यवस्थापकहरुका विच सहकारीमा देखा परेका विद्यमान समस्या र समाधान विषयक अन्तरकृया कार्यक्रम सम्वन्धी प्रदेश रजिष्टटारको कार्यालयका वरिष्ठ शाखा अधिकृत भिम व.कार्की द्धारा कार्यत्र प्रस्तुत गर्नुका साथै २०८१ पौष १८ गते जेष्ठ नागरिक सदस्यहरुलाई सम्मान, पुरस्कार वितरण, स्मारिका विमोचन लगायत विविध कार्यक्रमहरु गरी समापन गरियो ।

जनहितकारी संस्थालाई स्थापनाकालदेखि हालको अवस्थासम्म ल्याउन प्रत्यक्ष योगदान गर्दै संस्थाको अभिभावकत्व ग्रहण गरिरहनु भएका संरक्षक सल्लाहकार समितिका संयोजक हरिहरनाथ योगी र संस्थामा उत्कृष्ट काम गरे वापत कर्मचारी सुरज चपाईलाई समेत संस्थाले सम्मान गरेको छ ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्सकुन) का केन्द्रीय सदस्य वीरबहादुर रावत भोटे, जिल्ला सहकारी संघका अध्यक्ष अमृत बि.सी, वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ का अध्यक्ष शेरबहादुर के.सी., जिल्ला बचत संघका भक्तिप्रसाद सापकोटा, जनहितकारी साकोसका अध्यक्ष नवराज कंडेल, लेखा सुपरिवेक्षण समितिका संयोजक हिरालाल सुनार, राष्ट्रिय सहकारी बैंकका प्रमुख सागरनाथ योगी, नेफ्स्कुन फिल्ड कार्यालय सुर्खेतका प्रमुख मदन चन्द लगायत छिमेकी संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको समेत उपस्थित रहेको थियो ।

स्थापना दिवस मूल समारोह समितिका सभापति तीर्थराज गिरीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव यामराज गिरीले गर्नुभएको थियो ।

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

पछिल्ला सूचना/समाचार