जनहितकारीमा सहकारी शिक्षा शिविर सम्पन्न

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

 

२०८१ भाद्र २७ गते शिक्षा उपसिमितिको आयोजनामा एक दिने आधारभूत सहकारी शिक्षा शिविर सम्पन्न भएको छ । संस्थामा आवद्ध शेयर सदस्य ज्युहरूलाई सहकारी सम्बन्धी आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यले मुख्य कार्यालय वीरेन्द्रनगर ४ स्थित संस्थाको आफनै सभाहलमा शिविर सञ्चालन गरिएको थियो।
संस्थाका व्यवस्थापक श्री हिमलाल गौतम ज्यूको प्रमुख आथित्यतामा शिक्षा उपसमितिका संयोजक श्री सौगात रावत ज्यूको अध्यक्षता रहेको उक्त कार्यक्रममा सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगी ज्यूले स्वागत मन्तव्य र कार्यक्रमको संचालन व्यवसाय विभाग प्रमुख श्री प्रेम आचार्य ज्यूले गर्नुभएको थियो । ९० जना शेयर सदस्य ज्युहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सहजीकरण संस्थाका सह ब्यवस्थापक एवम् प्रमुख प्रशिक्षक श्री मित्रेन्द्रनाथ योगी र व्यावसाय विभाग प्रमुख प्रेम आचार्य ज्यूले गर्नु भएको थियो । जनहितकारी साकोस र यस संस्थाद्धारा प्रदान गरिएका सेवा तथा सुविधा,शेयर, बचत, ऋण, संरक्षित पुँजी फिर्ता कोष लगाएत अन्य सम्वन्धीत वित्तिय तथा गैरवित्तिय सेवाहरुको विषयमा सदस्य ज्युहरुलाई सुसुचित गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा समयलाई प्रमुख महत्व दिदै सबै भन्दा पहिले उपस्थित हुने महिला १ र पुरुषबाट १ गरि २ जना शेयर सदस्यलाई हाैसला स्वरुप पुरस्कार प्रदान गरिएकाे थियो ।

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

पछिल्ला सूचना/समाचार