समीक्षा गोष्ठीमा निर्मम तरिकाले समिक्षा गर्नुस् – केन्द्रीय सदस्य योगी

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

२०८२ श्रावण ३०, सुर्खेत । राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य तथा जनहितकारी वचत तथा ऋण सहकारी संस्था लिमिटेडका संरक्षक सल्लाहकार हरिहरनाथ योगीले समीक्षा बैठकमा निर्मम भएर समीक्षा गर्नुपर्ने बताउनुभयो । जनहितकारी साकोसको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य योगीले समीक्षा बैठकमा सबैले आफूलाई लागेको कुरा र सहकारीलाई राम्रो बनाउनका लागि व्यक्तिगत कुरा नभएर सहकारीको भलोका लागि निर्मम भएर कुरा राख्नुपर्नेमा जोड दिनुभयो ।

साथै उहाँले समीक्षा बैठकलाई जति प्रभावकारी बनाउन सक्यो भावि योजनाहरु पनि त्यतिनै प्रभावकारी हुने भएकाल त्यसले परिणामहरु पनि सकारात्मक बनाउने भएकाले समीक्षा बैठकलाई प्रभावकारी बनाउन जोड दिनुभयो ।

कार्यक्रलाई सम्वोधन गर्दै संचालक समितिका अध्यक्ष नवराज कंडेलले आर्थिक वर्ष २०८१।०८२ मा संस्थाले तय गरेको लक्ष्य भन्दा बढी लक्ष्य प्राप्त गर्न सफल भएको जानकारी दिनुभयो ।

सहकारी संस्थाका सहायक व्यवस्थापक मित्रेन्द्रनाथ योगीले संस्थाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गत वर्ष योजना गरेका केही कार्यक्रमहरु बाहेक अरु धेरै कार्यक्रमहरु सम्पन्न भएको जानकारी दिनुभयो ।

यसैगरी सहकारी संस्थाका लेखा तथा प्रशासन विभाग प्रमुख वसन्तबहादुर बुढाले वार्षिक बजेटको समीक्षा प्रस्तुत गर्दै भाका नाघेको धेरै लोन संकलन भएकाले सहकारीको आर्थिक अवस्था प्रगतितर्फ अघि बढिरहेको बताउनुभयो ।

सो अवसरमा संस्थाका व्यवस्थापक हिमलाल गौतमले बजार सेवा केन्द्रले सतप्रतिशत नतिजा ल्याउने गरी काम सम्पन्न गरेकोमा बजार सेवा केन्द्रका प्रमुख टीका पुरी लगायतको टिमलाई धन्यवाद समेत दिनुभयो । यसैगरी अन्य सेवा केन्द्रका प्रमुख र कर्मचारीहरु पनि सतप्रतिशत नतिजा निकाल्न नजिक नजिक पुगेकाले थप जोश र जाँगरका साथ काम गर्न हौसला दिनुभयो ।

बैठकमा सञ्चालक समितिका सदस्यरु, उपसमितिका सदस्यहरु, संस्थाका व्यवस्थापक हिमलाल गौतम तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

पछिल्ला सूचना/समाचार