क्षमता अभिवृद्धि तालिम सम्पन्न

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

२५ असोज २०८२, सुर्खेत ।

जनहितकारी वचत तथा ऋण सहकारी संस्था लि को आयोजनामा समिति, उपसमिति तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम संस्थाका अध्यक्ष श्री नवराज कंडेलको अध्यक्ष्यता, राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य श्री हरिहरनाथ योगी ज्युको प्रमुख आथित्यतामा जनहितकारी साकोसको सभाहलमा सम्पन्न भयो । संस्थाका व्यवस्थापक श्री हिमलाल गौतमद्धारा संचालित उक्त कार्यक्रममा संचालक समिति, लेखा समिति का पदाधिकारी एवं सदस्य ज्युहरु लगायत उपसमितिका संयोजक एवं सदस्यहरु, संस्थाका व्यवस्थापक हिमलाल गौतम तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो । प्रमुख अतिथिद्धारा पानसमा दियो बालेर उद्घाटन गरीएको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष श्री राधा कार्कीले गर्नुभएको थियो ।


यसै गरी राष्ट्रिय सहकारी महासंघका तालिम विभाग प्रमुख श्री देवी वास्कोटाले कार्यक्रमको सुरुवात सबै जना उपस्थितहरुलाई वर्मअपको लागि खेल खेलाइ बिषयवस्तु तर्फ लिनुभएको थियो । तालिम विभाग प्रमुखले सहकारीको स्थापना, पृष्ठभूमि, इतिहास, सहकारीका मूल्य र मान्यत, सहकारीका सिद्धान्तहरु प्रस्तुत गर्नुभएको थियो भने राष्ट्रिय सहकारी महासंघका का.वा महाप्रबन्धक श्री गोपीकृष्ण भण्डारीले ऋण नोक्सानी व्यवस्था, तरल सम्पत्ती सम्बन्धि व्यवस्था, पूँजीकोष, लेखा सुपरिवेक्षण समितिको गठन र जिम्मेवारी, सदस्य संरक्षण सम्बन्धि व्यवस्था र सहकारी संस्थामा सुशासनका सूचकहरु प्रस्तुत गर्नुभएको थियो ।

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

पछिल्ला सूचना/समाचार