रोजगारीको अवसर: सहकारी प्रमुख कार्यकारी अधिकृतकाे आवश्यकता

जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि. ले निम्न पदमा योग्य, इमान्दार र कर्मठ व्यक्तिहरूको लागि आवेदन आह्वान गर्दछ। इच्छुक र योग्य उम्मेदवारहरूले सूचनामा उल्लिखित मिति भित्र आफ्नो आवेदन पेश गर्न अनुरोध गरिन्छ।

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतको
पदपूर्ति सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति : २०८२ मंसिर २२

यस संस्थामा रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा खुल्ला प्रतियोगिताको आधारमा छनोट गर्नुपर्ने भएकाले नेपाल राष्ट्र बैंकबाट जारी मापदण्ड, २०८१, राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट जारी मापदण्ड, २०८२, यस संस्थाको विनियम, २०७९, कर्मचारी प्रशासन कार्यविधि, २०७८ र प्रमुख कार्यकारी अधिकृत पदपूर्ति सम्बन्धी मापदण्ड, २०८२ समेतको व्यवस्था अनुसार देहायको न्यूनतम शैक्षिक योग्यता र कार्य अनुभव हासिल गरेका ईच्छुक योग्य नेपाली नागरिकहरुबाट यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ (एक्काइस) दिन भित्र (कार्यालय समयभित्र, सो दिन विदा परेमा भोलिपल्ट कार्यालय खुलेको दिन कार्यालय समयभित्र) यस संस्थाको केन्द्रीय कार्यालय, कालागाउँ, सुर्खेतमा दरखास्त पेस गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
१. न्यूनतम शैक्षिक योग्यता, कार्य अनुभव र उमेर:
(१) व्यवस्थापन वा अर्थशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको वा कुनै पनि विषयमा स्नातकोत्तर उत्तीर्ण गरी सहकारी, बैंक तथा वित्तीय संस्थाको अधिकृत तहको पदमा रही कम्तीमा ५ वर्षको अनुभव प्राप्त ।
(२) व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक उत्तीर्ण वा कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरी सहकारी, बैंक तथा वित्तीय संस्थाको अधिकृत तहको पदमा रही कम्तीमा १५ वर्षको अनुभव प्राप्त ।
(३) दरखास्त दिने मितिसम्म ३१ वर्ष पूरा भई ५० वर्ष ननाघेको तर संस्थामा कार्यरत कर्मचारीहरुको हकमा उमेरको हद लाग्ने छैन ।
२. दरखास्त साथ पेस गर्नुपर्ने कागजात तथा विवरणहरु :
(१) उम्मेदवारले दरखास्त पेस गर्दा दरखास्त फाराम, शैक्षिक योग्यता, कार्य अनुभव पुष्ट्याई गर्ने कागजात, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, इमेल, टेलिफोन, मोबाइल नम्बर, घर वा कार्यालयको ठेगाना सहितको विस्तृत वैयक्तिक विवरण (द्यष्य(म्बतब) को प्रत्येक पानाको अन्तमा दस्तखत गरी दुई प्रति पासपोर्ट साईजको फोटो सहित छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नु पर्नेछ । विदेशी विश्वविद्यालयबाट अध्ययन गरेका उम्मेद्वारले समकक्षता प्रमाणपत्र समेत पेस गर्नु पर्नेछ ।

(२) उम्मेदवारले आफ्नो दरखास्त साथ व्यावसायिक कार्य योजना छुट्टै खाममा सिलबन्दी गरी पेस गर्नु पर्नेछ ।        सिलबन्दी व्यावसायिक कार्य योजनाको भित्री पृष्ठमा उम्मेदवारले पहिचान देखिने गरी नाम वा कुनै संकेत लेख्न पाइने छैन ।
(३) नेपाली नागरिकताको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्र तथा अनुभव पुष्ट्याई गर्ने कागजातको प्रतिलिपि आवेदक स्वयम्ले प्रमाणित गरी दरखास्त साथ पेस गर्नु पर्नेछ ।

(४) उम्मेदवारले आफ्नो दरखास्त साथ ५ हजार शब्दमा नबढ्ने गरी (अनुसूची बाहेक) तयार गरिएको तीन प्रति व्यावसायिक कार्य योजना (Business Plan) र सो को Soft Copy (Pendrive) समेत सिलबन्दी गरी भौतिक वा हुलाक/कुरिएर मार्फत पेस गर्न सकिनेछ ।

(५) प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरुले प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उपस्थिति हुँदा दरखास्त साथ पेस गरेका कागजातहरुको सक्कलप्रति पेस गर्नु पर्नेछ ।
(६) गत आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र स्वय् प्रमाणित गरी पेस गर्नुपर्नेछ ।
(७) अनुसूची २ बमोजिमको स्वःघोषणा ।
(७) प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनोट भएका उम्मेदवारहरुले प्रस्तुतिकरण तथा अन्तर्वार्तामा उपस्थिति हुँदा दरखास्त साथ पेस गरेका कागजातहरुको सक्कलप्रति पेस गर्नु पर्नेछ ।
३. व्यावसायिक कार्य योजना पेस गर्नुपर्ने:
उम्मेदवारले आफ्नो दरखास्त साथ पाँच हजार शब्दमा नबढ्ने गरी (अनुसूची बाहेक) तयार गरिएको तीन प्रति व्यावसायिक कार्य योजना (Business Plan) सो को Soft Copy (Pen Drive) समेत सिलबन्दी गरी पेस गर्नु पर्नेछ । व्यावसायिक कार्य योजना तयार गर्दा प्रमुख कार्यकारी अधिकृतको लागि तोकिएको कार्यक्षेत्रगत शर्त (TOR) र प्रमुख कार्यकारी अधिकृत पदपूर्ति सम्बन्धी मापदण्ड, २०८२ मा रहेका व्यावसायिक कार्य योजनामा पेस गर्नुपर्ने बुँदाहरु समेतका आधारमा तयार पारिएको हुनु पर्नेछ ।
४. छनौटका प्रक्रिया:
(१) उम्मेदवारकोे शैक्षिक योग्यता, कार्य अनुभव र पेस भएको व्यावसायिक कार्य योजनाको मूल्याङ्कनमा कम्तीमा ६० प्रतिशत अङ्क प्राप्त गर्ने उम्मेदवारहरु मध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने (बढीमा ५ जना) उम्मेदवारलार्ई छोटो सूचीमा (सर्ट लिष्टिङ्ग) छनौैट गरी व्यावसायिक कार्य योजनाकोे प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनौट गरिनेछ । तर जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदपूर्ति सम्बन्धी मापदण्ड–२०८२ बमोजिम मापदण्ड नपुगेका, तोकिएको कागजात पेस नगर्ने तथा रितपूर्वक आवेदन प्राप्त नभएका उम्मेदवारलाई सर्ट लिष्टिङ्ग गरिने छैन ।

(२) उपदफा (१) अनुसार छनोट भएका उम्मेदवारहरु मध्ये शैक्षिक योग्यता, कार्य अनुभव, व्यावसायिक कार्य योजनाकोे मूल्याङ्कन र व्यावसायिक कार्य योजनाकोे प्रस्तुतिकरण तथा अन्तर्वार्ता समेतमा प्राप्त अङ्ककोे आधारमा उच्चतम अङ्क प्राप्त गर्ने दुई जनालार्ई वर्णानुक्रमअनुसार सञ्चालक समिति समक्ष सिफारिस गरिनेछ ।
(३) चारवटा भन्दा कम आवेदन परेमा प्राप्त दरखास्तलार्ई कायमैै राखी म्याद सकिएकोे ३ कार्य दिन भित्र थप ७ दिनकोे म्याद दिर्ई दरखास्त दिने सूचना प्रकाशित गरिनेछ । थप भएको म्याद भित्र समेत चारवटा भन्दा बढी दरखास्त प्राप्त नभएमा जति दरखास्त प्राप्त भएकोे छ सोही बमोजिम नैै प्रकृया अगाडि बढाइनेछ ।
(४) प्रस्तुतिकरण तथा अन्तर्वार्ताका लागि छनौट भएका उम्मेदवारहरुले आफ्नो शैक्षिक योग्यता, कार्य अनुभव, नेपाली नागरिकताको प्रमाणपत्र एवम् दरखास्त साथ पेस गरेको अन्य कागजातहरुको सक्कलप्रति साथै लिई प्रस्तुतिकरण तथा अन्तर्वार्ताको लागि उपस्थित हुनुपर्नेछ ।
५. दरखास्त दस्तुर:
उम्मेदवारले दरखास्त दस्तुर बापत रु. दुई हजार पाँच जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको राष्ट्रिय बाणिज्य बैक लिमिटेड शाखा कार्यालय सुर्खेतको खाता नम्वर ः ४०८०१००००९१५६००१ मा नगद जम्मा गरेको सक्कल प्रमाण दरखास्तसाथ संलग्न गरी पेस गर्नुपर्नेछ ।
६. पारिश्रमिक सम्बन्धी विवरण:
प्रमुख कार्यकारी अधिकृतलाई करारमा उल्लेख भएका सर्तहरु बमोजिम मासिक पारिश्रमिक, भत्ता अन्य सुविधा सञ्चालक समितिले तोकेबमोजिम उपलब्ध गराईनेछ ।
७. अन्य विवरण:
(१) प्रमुख कार्यकारी अधिकृत पदपूर्ति सम्बन्धी मापदण्ड–२०८२ तथा दरखास्त फाराम यस संस्थाको वेभसाईटबाट प्राप्त गर्न सकिनेछ ।
(२) सिलबन्दी व्यावसायिक कार्ययोजनामा उम्मेदवारको पहिचान देखिने गरी नाम वा कुनै सङ्केत लेख्न पाईने छैन ।
(३) दरखास्त पेस गर्दा खामको बाहिर “जनहितकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त/व्यावसायिक कार्य योजना” भन्ने उल्लेख गरेको हुनु पर्नेछ ।

(४) यो सूचना बमोजिम प्राप्त भएका दरखास्त उपसमितिले कुनै कारण उल्लेख गरी वा नगरी रद्द गर्न सक्नेछ ।
(५) झुठा विवरण वा कागजात पेस गरेमा प्राप्त दरखास्त रद्द हुनुका साथै प्रचलित कानुनबमोजिम आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा लेखी पठाईनेछ ।
(६) यस सम्बन्धी थप जानकारीका लागि यस संस्थाको केन्द्रीय कार्यालयमा स्वयम् आएर वा फोन नम्वर

०८३–५२१५६२ मा सम्पर्क गर्न सकिनेछ ।

 

पदपूर्ति उपसमिति

साझाँ
गर्नुहोस्:

Facebook
Twitter
LinkedIn

थप सूचनाहरु